• देश

    पाँचथर हत्याकाण्डः नौ जनाको दुई स्थानमा अन्त्येष्ठी

      ओमकार


    पाँचथर। मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका नौ जनाको आज अन्त्येष्ठी गरिएको छ ।

    हत्या गरिएका दुई परिवारमध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको अरुबोटेमा अन्त्यष्ठी गरिएको छ । धनराज शेर्माको परिवारका पाँच जनाको भने मिक्लाजुङ २ को सराङाडा बतासे भन्ने स्थानमा अन्त्येष्टि गरिएको ३ नं वडाका वडा अध्यक्ष हस्तराज फियाकले जानकारी दिए । बमबहादुर, उनकी श्रीमती पुर्षिमायाँ फियाक, मनकुमारी फियाक र आसे फियाकको हत्या भएको थियो ।

    त्यस्तै, शेर्मा परिवारमा उनकी श्रीमती सुस्मिता शेर्मा छोरीहरु युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको हत्या भएको थियो ।

    संलग्न भनिएका फियाक परिवारका कान्छा ज्वाइँ मनबहादुर माखिमको शव मंगलबार अपरान्ह झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलको शव भने परिवारलाई दिइएको छैन । हिजो धरानिस्थत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको थियो । हिजै शव परिवारले जिम्मा लिएर जिल्ला लगेका थिए । उनीहरुले एउटा व्यक्रिले यतिका जनाकाे हत्या गरेको नहुने भन्दैं हत्यारा पत्ता लगाउन माग गदैं आएका छन् ।

    प्रहरी प्रशासनले भने हत्यामा संलग्न दोषीलाई पत्ता लगाउने गरी आफूहरुले खोजी गरिरहेको बताएको छ । घट्नाको गहन अध्ययन गरी दोषीलाई कारबाही गर्ने प्रहरीले प्रतिवद्धता जनाए पछि आफन्तले शव जिम्मा लिएका थिए ।


     

    प्रतिकृया दिनुहोस