• सम–सामयिक

    मिर्गौला स्वस्थ राख्ने उपाय

      ओमकार


    काठमाडौं । खानपान र जीवनशैलीमा ध्यानमा नदिँदा पछिल्लो समय मृगौलाको उच्च जोखिम बढिरहेको पाइएको छ । वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. शक्तिबहादुर बस्नेतले पछिल्लो समय खानपान र जीवनशैलीमा आएको परिवर्तनले मृगौलाको समस्या बढी देखिने गरेको बताउनुभयो । उहाले भन्नुभयो “मृगौला रोग लागेर बढी खर्च गर्नुभन्दा यो रोग लाग्न नै नदिनु उत्तम उपाय हो ।”

    मिर्गौला स्वस्थ राख्ने उपाय

    १. दैनिक कम्तीमा १० हजार पाइला हिँड्ने ।
    २. आफूखुसी दुखाई कम गर्ने औषधि प्रयोग नगर्ने ।
    ३. नियमित व्यायाम गर्ने ।
    ४. धुम्रपान तथा मद्यपानको सेवन नगर्ने ।
    ५. हरेक दिन तीन लिटर पानी पिउँने ।
    ६. उच्चरक्तचाप र मधुमेह नियन्त्रण गर्ने ।
    ७. तौल नियन्त्रण गर्ने ।
    ८. स्वस्थ्य र पोषिलो खानेकुरा खाने ।
    ९. नुन र चिनि भएका खानेकुरा बढी नखाने ।
    १०. हरेक वर्ष मृगौलाको परीक्षण गर्ने ।
    ११. हरेक वर्ष पिसाब र रगत परीक्षण गर्ने (यो परिक्षण गर्दा जुनसुकै रोग लाग्न लागेको   थाहा हुन्छ) ।


     

    प्रतिकृया दिनुहोस