• देश

    वाइडबडीको पाङग्रा ‘लक’ हुँदा उडान अवरुद्ध

     

     

    काठमाडौ– नेपाल एयरलाइन्सको वाइडबडी विमान–३३० को पाङग्रा ‘लक’ हुँदा त्रिभुवन विमानस्थलको उडान तथा अवतरण ३० मिनेट रोकिएको छ।

    ‘पार्किङ्ग वे’बाट ‘ह्याग्गर’मा लैजाने क्रममा नेपाल एयरलाइन्सले पछिल्लो समय खरिद गरेको विमानको पाङग्रा नचलेपछि कतार एयरवेज, थाई एयवेज लगायतका अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएका हुन्।

    नेपाल एयरलाइन्सको उक्त विमानमा देखिएको समस्याका कारण त्रिभुवन विमानस्थल अवतरण गर्ने जहाजलाई आकाशमै होल्ड गरिएको थियो।

    त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रिले नेपाल एयरलाइन्सको–३३० विमानको पाङ्ग्रा ‘लक’ भएकाले विमान उडान अवतरणमा समस्या देखिएको जानकारी दिए।

    क्षेत्रिका अनुसार उक्त विमानको पाङ्ग्रा लक भएको र खोल्ने प्रयास भैरहेको छ।  बाइडवडीको पाङग्रामा देखिएको समस्यका कारण ‘ट्याक्सी वे’मा रहेका  उडान सेड्युलका विमानसमेत बाहिर निकाल्न सकिएको छैन।

    प्रतिकृया दिनुहोस