• राशिफल

    मनले चिताएको पुर्याईदिने पाथीभरा माताको दर्शन गर्दै आज जेष्ठ १० गते शुक्रबारको राशिफल पढ्नुहोस

      ओमकार


    मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    पारीवारीक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । मान सम्मान प्राप्तीको बिशेष अवसर रहनेछ । नयाँकार्य सुचारु गर्न उत्तम समय रहेकोछ । मान्यजनहरुको साथमा सामान्य यात्राको योग रहनेछ ।


    बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    मित्रजनहरुको अधिक सामीप्यताका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ने समय रहेकोछ । यात्राका क्रममा बिभिन्न समस्या आईपर्न सक्नेछन । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।


    मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

    अनावश्यक खर्चको कारण सामान्य आर्थिक अभाबको सम्भाबना रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखा पर्ने सम्भाबना रहेकोछ ।


    कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधान रहनु पर्ने समय रहेकोछ । शारीरिक आलस्यता तथा अस्वस्थताले सताउन सक्ने समय रहेकोले बिशेष सजग रहनु होला ।


    सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ । मित्रजनहरुको साथ सहयोगमा कमि महसुस हुनेछ । मानसिक चन्चलताका कारण कार्यक्षेत्रमा प्रयाप्त समय दिन नसक्नाले तपाई बाटँ गैर ब्यत्तिहरुले फाईदा लिनेछन ।


    कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहेकोछ । कला कौशल जन्य कार्यका क्षेत्रबाट प्रयाप्त आम्दानि लिन सकिने दिन रहेकोछ । आफुभन्दा सानाको सहयोग उत्तम साबित रहनेछ ।


    तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहनेछ । मन हर्षित तुल्याउने खवर प्राप्त हुनेछ ।सामाजिक कार्यका क्षेत्रमा खर्चिएको समय लाभदायक रहनेछ । पारीवारिक झमेलाले भने सताउन सक्नेछ ।


    बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    शुभ चिन्तकहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सामान्य यात्राकारक दिन रहेकोछ । बल तथा पराक्रममा बृद्धिहुने समय रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रफुल्लीत रहने समय रहेकोछ ।


    धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    भोज भतेर जन्यकार्यमा सहभागीताको योग रहनेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य सुचारु गर्नु पूर्व अरुलाई जानकारी नदिकनै सम्पादन गर्नु उत्तम हुनेछ ।


    मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    गरीरहेको कार्यमा सामान्य ढिलाईको सामना गर्नुपर्नेछ । पारीवारिक सम्बन्धमा समेत समान्य तनाब सृजना हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला । अध्यन अध्यापनका क्षेत्रमा भने समय मध्यम रहेकोछ ।


    कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

    स्वास्थका क्षेत्रमा सामान्य समस्या झेल्नु पर्ने समय रहेकोछ । बादबिवादको झमेलामा समेत फसिएला । तात्कालिक खर्चका कारण आर्थिक क्षेत्रमा समेत तनाब आईपर्नेछ । मान्यजनहरुलाई अग्रसर बनाएर गरीएको कार्यमा सफलता मिल्नेछ ।


    मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहेकोछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । मित्रजनहरु सगँको क्षणिक भेटघाट निकै अबिस्मरणीय साबित रहनेछ ।


     

    प्रतिकृया दिनुहोस