• समाचार

    कांग्रेसमा सभापति फेर्नुपर्ने आवाज चर्कियो, महामन्त्रीले नै गरेर देउवाको आलोचना

     

     

    काठमाडौ। नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पुन आवाज चर्किन थालेको छ । पदाधिकारी नै सभापति फेर्नुपर्ने भन्दै आवाज उठाउन थालेका छन् । आगामी महाधिवेशनबाट सभापति देउवालाई विदाई गर्नुपर्ने महामन्त्री शंशाक कोइरालाको माग रहेको छ ।
    दाङमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालो पार्टी सभापति देउवातर्फ इंकित गर्दै अब पार्टीको सभापति फेरिनुपर्ने बताउनु भएको हो । कांग्रेसभित्र परिवर्तन जरुरी भइसकेको भन्दै यसलाई कसैले पनि छेक्न नसक्ने उहाको भनाई थियो ।

    महामन्त्री कोइरालाले कांग्रेस भित्र परिवर्तन आएको अनुभूति नभए पार्टीले गति लिन नसक्ने ठोकुवा समेत गर्नुभयो । ‘अब सभापति परिवर्तन गर्नुपर्ने कुरा रहेको छ’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘सबैको राय, सल्लाह, सुझाब पनि त्यही छ, मैले पनि त्यही आवश्यकता देखिरहेको छु ।नेपाल हिन्दु राष्ट्र नभई धार्मिक स्वतन्त्रता भएको देश बन्नुपर्ने बताउनु भयो । हिन्दु राष्ट्र भए पनि आफूलाई आपत्ति नरहेको र धर्म निरपेक्षता कांग्रेसले स्वीकार नगर्ने बताउदै उहाले यसमा जनमत संग्रह गर्नुपर्ने औल्याउनु भयो ।

    प्रतिकृया दिनुहोस