दैलेख । दैलेखमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दैलेखबाट जुम्लार्फ हिडेकाे ट्रक दुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर १ निगालपानि भन्ने ठाउँमा दुर्घटना हुँदा तीनको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुको शव पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । ट्रक लगभग सडकबाट करिब ३०० मिटर तल झरेकाले शवहरू क्षत बिक्षत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छन् ।
घटनाबारे थप अनुशधान बाँकी रहेकाले घटनाको थप बिवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस