• अर्थ

    सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको साढे ९८ हजार रुपैयाँ

      ओमकार टाईम्स

    काठमाडौं : बुधबार सुनको प्रतितोला मूल्य ९८ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।

    मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ सयले बढेर बुधबार अहिलेसम्मकै उच्च मूल्य कायम गर्दै रेकर्ड राखेको हो । यसअघि मंगलबार नै उच्च थियो ।

    बुधबार चाँदीको मूल्य भने केहि घटेको छ । लगातार बढेको चाँदीको मूल्य बुधबार प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार २ सय २५ मा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अन्तराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढिरहेको कारण नेपालमा पनि मूल्य लगातार बढेको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस