• राजनीति

    नेकपाका केन्द्रीय सदस्यले नेतृत्वलाई दबाब दिने, केन्द्रीय समिति बैठक राख्न माग

      ओमकार टाईम्स

    काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका छन् ।

    पार्टी आन्तरिक विवादमा फसेपछि नेतृत्वलाई दबाब दिन केन्द्रीय सदस्यहरु एकजुट भएका हुन् । आन्तरिक विवादले पटक पटक स्थायी कमिटी बैठक स्थगित भएपछि केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर नै संकलन गरेको नेता ठाकुर गरैलेले जानकारी दिए ।

    अहिले १४० भन्दा बढीले लिखित हस्ताक्षर गरेका छन् । केन्द्रीय कार्यालयमा भेला भएका नेताले नेतृत्वलाई दबाब दिने बताएका छन् ।

    केन्द्रीय समिति सदस्यहरुको भेला धुम्बाराहीमा भएको जानकारी दिँदै नेता गैरले भने, ‘पार्टी एकता जोगाउन हामी एकजुट हुँदैछौ । नेतृत्वलाई छाडा हुन दिँदैनौं । पार्टी एकताको मर्म अनुसार नेतृत्व अघि बढ्नुपर्छ ।’

    प्रतिकृया दिनुहोस