• विदेश

    राष्ट्रपतीय निर्वाचन पछिसार्न गरिएको ट्रम्पको आग्रह खारेज

      ओमकार टाईम्स


    काठमाडौं : यस पटकको राष्ट्रपतीय निर्वाचन पछिसार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको सुझाब उनको प्रतिस्पर्धामा रहेका डेमोक्र्याटका नेताहरुले खारेज गरिदिएका छन् ।

    सुरुसुरुमा निकै आक्रामक र अग्रतामा देखिएका ट्रम्प पछिल्लो चरण क्रमशः पछि पर्दै गएका छन् । उनका प्रतिस्पर्धी तथा डेमोक्र्याट पार्टीका नेता जो बाइडनले सुधार र आमसहकार्यका ठूला र महत्वाकांक्षी योजनाहरु सार्वजनिक गरेसँगै ट्रम्प पछि पर्दै गएका देखिएका छन् ।

    उनका विरुद्धमा लागेको ‘नश्लीय’ को आरोप भारी हुँदै जाँदा उनी मत सर्वेक्षण परिणाममा समेत पछाडि पर्न थालेपछि विभिन्न बाहनामा निर्वाचन सार्ने ध्याउन्नमा लागेका हुन् । यद्यपि निर्वाचन पछि सार्ने भए पनि त्यो सदनबाट पारित गरिनु पर्छ, जहाँ ट्रम्पको बहुमत पुग्दैन ।

    ट्रम्पले भन्ने गरेका छन्- ‘नागरिकले ढुक्क भएर सुरक्षितरूपमा मतदान गर्न नसक्ने भएकाले निर्वाचनलाई पछि सारिनु पर्छ ।’ तर उनको यो धारणा ट्वीटमार्फत् सार्वजनिक हुने बित्तिकै देशभर यसको विरोध हुन थालेको छ । तथापि उनले मेलमार्फत् गरिने मतदान प्रक्रिया अमेरिकी इतिहासमा अत्यन्त ‘गलत र भ्रामक’ हुने भन्दै आफ्नो भनाइ दोहर्याइरहेका छन् ।

    अघिल्लो निर्वाचनमा ‘अमेरिकी’ र ‘आप्रवासी अमेरिकी’को नाराले ट्रम्पलाई फाइदा पुगे पनि यसपाला भने अश्वेत नागरिक जर्ज फ्लोइडको श्वेतरक्षकद्वारा गरिएको निमर्मम हत्याले घाटा पुर्याउने देखिएको छ ।

    पूर्व राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति ट्रम्पको चुनाव सार्नेदेखिका अन्य खेलहरु अमेरिकी प्रजातन्त्रका लागि निकै खतरा भएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस