• सम–सामयिक

    पूर्वी नाका काँकरभिट्टाका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

      ओमकार टाईम्स

    झापा/पूर्वी नाका काँकरभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

    गत साउन ११ गते कन्ट्याक्ट ट्रेसिङ गर्दा ३२ जनाको नमूना संकलन गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख शशीकला राईले जानकारी दिइन्।

    यस अघि सोही स्थानका २० जना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको थियो। अहिले उनीहरू उपचाररत् छन्।

    साउन ११ गते नै काँकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको समुदायका ८५ जना मानिसको स्वाब नमूनाको रिपोर्ट नेगेटिभ आएको राईले बताइन्।

    औषधि तथा फलफूल व्यवसायी, होटलका कामदार, भन्सारका कर्मचारी, पत्रकार लगायतबाट स्वाब नमूना संकलन गरिएको थियो।

    प्रतिकृया दिनुहोस