• पत्र-पत्रिका

    सरकार भन्छ सहज तरिकाले उपलब्ध गराउछौ तर ८६ प्रतिशत महिला स्यानिटरी प्याडको पहुँचबाहिरै

      पत्रपत्रिका


    काठमाडौं । सरकारले देशभरमा सहज तरिकाले स्यानिटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपनि ८६ प्रतिशत महिला स्यानिटरी प्याडको पहुँचबाहिरै छन्। स्यानेटरी प्याडको पहुँच बाहिर रहन बाध्य हुँदा महिलामा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखापर्ने गरेको चिकित्सक बताँछन्।

    सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत सबै विद्यालयका महिनावारी हुने छात्राका लागि स्यानिटरी प्याडको व्यवस्था गरिने उल्लेख छ। स्यानेटरी प्याडको पहुँच नहुँदा फोहोर कपडा प्रयोग गर्न बाध्य हुने गरेका छन् जसले गर्दा प्रजनन अंगमा संक्रमण देखापर्ने जनस्वास्थ्यविद् डा‍ अरुणा उप्रेतीले बताइन्।

    महिनावारी व्यवस्थापन सञ्जालका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठका अनुसार महिनावारी हुनयोग्य एक महिलाका लागि १२० थान स्यानिटरी प्याड आवश्यक पर्छ।संविधानले समेत स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ। यो समाचार आजको राजधानी दैनिकमा छ ।


     

    प्रतिकृया दिनुहोस