• समाचार

    पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप १९ जनामा काेराेना संक्रमण पुष्टि

      ओमकार संवाददाता


    आज प्रदेश १ मा १९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

    प्रदेश १ साजिक विकास मन्त्रालयका अनुसार आज झापाकाे विर्तामाेडका १ महिला र १ पुरूष र इलाम नगरपालिकामा १७ जना पुरूषमा काेराेना संक्रमण देखिएकाे हाे ।

    संक्रमित देखिएकाहरू मध्याे इलामका १७ जना ससस्त्र प्रहरी गणका रहेका छन् । यस अङि साेहि गणका १० जना मा संक्रमण देखिएकाे थियाे याे संगै गणमा संक्रमितकाे संख्या २७ पुगेकाे छ भने इलाम जिल्लामा ५७ जना संक्रमित रहेका छन् ।

    आज प्रदेश १ का विभिन्न ठाउँबाट २५ जना काेराेना संक्रमित निकाे भइ घर फर्केकाे मन्त्रालयले अध्यावधिक अपडेट मार्फत जानकारी गराएकाे छ । घर फर्केकाहरू मध्याे झापाका ७ जना माेरङका ५ जना सुनसरीका ३ जना, सालुखुम्बुका १ जना इलामका १ जना आेखलढुङ्गाका ५ जना रहका छन् ।

    प्रतिकृया दिनुहोस