• समाचार

    बाँकेमा आजदेखि पुनः लकडाउन

      ओमकार टाईम्स


    काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा पुनः लकडाउन गरिएको छ।

    जिल्ला प्रशासन कार्यालयले शनिबार मध्य रातिदेखि लागू हुने गरी तीन दिनका लागि लकडाउन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

    लकडाउन खोलेसँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि शनिवार राति १२ बजेबाट मंगलवार राति १२ बजेसम्म लकडाउन लागू गरिएको हो। यसपछिको परिस्थिति हेरेर लकडाउनको अवधि थपघट गरिने सहायक प्रजिअ उपाध्ययले बताए।

    लकडाउन पहिलेको भन्दा कडा हुने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।

    उनले भने, ‘शनिबार रातिदेखि लागू हुने लकडाउन पहिलेको भन्दा एकदम कडा हुनेछ। लकडाउनको उल्लंघन गर्नेलाई कानुनले तोके बमोजिम कडा कारवाही हुन्छ।’

    प्रतिकृया दिनुहोस