• अर्थ

    सुनको मूल्य तोलामा ९९ हजार ६०० पुग्यो

      ओमकार टाईम्स

    काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ ।

    आइतबार पनि छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्दै ९९ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार सुनकाे मूल्य ताेलामा ९९ हजार ३०० रहेकाे थियो ।

    यस्तै तेजावी सुन तोलामा ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै चाँदी पनि १२३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस