• समाचार

    राजश्व छलेर नेपाल भित्र्याइएका अवैध कपडा बरामद

      ओमकार टाईम्स


    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका– १५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो ।

    भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको प्रहरी प्रवक्ता सुवास खड्काले बताए। कोरोनाको कहर भए पनि चाडवाड नजिकिदै गर्दा तस्कर कपडा भित्र्याउन लागिपरेका छन् । नेपालगञ्ज नाकाबाट भरियामार्फत भित्रिने कपडा जिल्लाबाहिर पनि लैजाने गरिएको छ ।

    प्रतिकृया दिनुहोस