• समाचार

    सोमबार प्रदेश १ मा सार्वजनिक बिदा

      ओमकार टाईम्स

    विराटनगर । ऋषि तर्पणी तथा रक्षा बन्धनको दिन साउन १९ गते प्रदेश १ मा सार्वजनिक बिदा दिने यस अघिको निर्णयलाई प्रदेश सरकारले निरन्तरता दिएको छ ।

    प्रदेश राजपत्रमा सरकारले वार्षिक बिदा तालिका प्रकाशित गरेर रक्षा बन्धनमा दिइदै आएको बिदालाई निरन्तरता दिएकोले सोमबार सार्वजनिक हुने भएको हो । रक्षा बन्दधनका दिन प्रदेश भरका संघ, प्रदेश र स्थानीय तह अन्तरगतका सबै कार्यालयहरु बिदा हुनेछन् ।

    यस अघि प्रदेश सरकारले घोषणा गरेको बिदा संघीय सरकार मातहतका कार्यालयहरुले पालना नगरेको भन्दै विवाद भएपछि पछि बिदा कार्यान्वयन गर्ने निर्णय संघीय सरकारले गरेको थियो ।

    प्रतिकृया दिनुहोस