• समाचार

    कोरोनाको जोखिम बढेपछि सुनसरी जिल्लामा आज रातिदेखि साउन २६ सम्म निषेधाज्ञा जारी

      ओमकार टाईम्स


    कोरोना संक्रमणको जोखिम थप बढ्दै गएपछि सुनसरीलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बढ्दो जोखिम कम गर्न भीडभाड रोक्न आवश्यक भएको निष्कर्षसहित निषेधित क्षेत्र घोषणा गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार साउन २६ गते सम्मका लागि जिल्लाभर निषेधित क्षेत्र लागू रहने छ । प्रजिअ पोखरेलले स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिने क्रम बढेकाले सुरक्षात्मक उपाय अपनाउन निषेधित क्षेत्र घोषणा गरिएको बताउनु भयो ।

    जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार निषेधित क्षेत्रको अवधिमा सर्वसाधारणको आवतजावत पूर्ण बन्देज रहने छ ।

    अत्यावश्यक, ढुवानी र निर्माण सामग्री बोकेका सवारी साधन बाहेक अन्य चलाउन पाइने छैन् । प्रशासनले सवारी सञ्चालनका लागि कुनैपनि पास जारी नहुने समेत स्पष्ट पारेको छ ।

    सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्यावश्यक सेवाका कर्मचारीले भने आफुले प्रयोग गर्ने सवारी साधन सहित कार्यालय समय अघि र पछि आउजाउ गर्न पाउने छन् । औद्योगिक क्षेत्रले भने स्वास्थ्य सावधानी अपनाउनु पर्ने बताइएको छ ।

    निर्णय उल्लंघन गर्ने र अटेर गरी सवारी चलाउने तथा हिंडडुल गर्नेलाई पक्राउ गरी कारवाही गरिने समेत सुनसरी प्रशासनले जनाएको छ ।
    प्रशासनले जारी गरेको निषेधित क्षेत्र आज राति १२ बजेदेखि २६ गते रातिसम्म लागू रहने छ ।

    प्रतिकृया दिनुहोस