• सम–सामयिक

    मनले ईच्छाएको पूरा गरिदिने पाथिभरा माताको दर्शन गर्दै आज जेष्ठ १२ गते आइतबारको राशिफल पढ्नुहोस

      ओमकार


    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।


    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोत हरू बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेको छ ।


    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाग्य तथा समयले साथ दिने हुँदा आँटेको तथा ताकेको काम सजिँदै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।


    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाँचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदी बहिनी सँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थाई सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । प्रेममा नचाहँदै नचाहँदै टाढिनु पर्दा मन खिन्न हुनेछ ।


    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछ छन् । भौतिक सम्पत्ति तथा विलासी बस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।


    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।


    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्ति हरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुँदाहुँदै दैनिक कामहरू सहज रूपमा अछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ ।


    वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाई लेखाइमा विभिन्न कारणले समय दिन सकिनेछैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।


    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।


    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।


    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागि समय फलदायि रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापारमा समय लगानी गर्नेहरूले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेको छ । विद्यार्थीहरूले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागि समय उत्तम रहेको छ ।


    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्नेबानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।


     

    प्रतिकृया दिनुहोस