• देश

    अब पनि `पैसाको प्रलोभनमा धर्मान्तर हुन्छ´ भने ओमकार परिवार सडकमा आउछ

      ओमकार



    काठमाडौं। हामीले हाम्रो राष्ट्रियता,सनातन धर्म, संस्कृतीको महत्वका बारेमा पार्टी भन्दा माथी भएर सोच विचार गरि निर्णय गर्नुपर्छ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद देवेन्द्रराज कँडेलको भनाई हो यो ।

    प्रधानमन्त्री केपी ओलीज्यू तपाईले “होली वाईन”का बारेमा बिर्सिनु भएको होला ? तर जागेका छौं । नेपाली कांग्रेसमा शालिन र भद्र स्वभाव भएका नेता लामो समयदेखि नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र महाअभियानमा सक्रिय भएर लागेका नेता हुन् ।

    कांग्रेस भित्र प्रष्ट स्वाभाव,स्पष्ट वक्ताको परिचय स्थापित गरेका नेता देवेन्द्रराज कँडेलको प्रस्तुती संसदमा समेत कडा छ । कांग्रेसमा मात्र होइन आम-नागरिक,हिन्दु सनातनी ओमकार परिवार र अन्य धर्म,समुदायमा पनि उहाँको उत्तिकै चर्चा चुलिएको छ ।

    ‘धर्म र संस्कृतिको बारेमा आर्थिक चलखेल हुनु भनेको राज्यका लागि ठुलो नोक्सानी’ हो । आर्थिक लोभमा गरिएका धर्म परिवर्तनले भयावह पैदा गर्छ । जस्ले राज्य संयन्त्र र कानुनी राज्य, आपसी मेलमा भयानक संकट प्रदा गर्छ ।

    यस विषयमा हामीले समयमै विचार पुर्याउनु पर्छ । नत्र मुलुक र जनतालाई गम्भिर असर गर्छ, कुराकानीका क्रममा नेता कँडेलले बताउनु भयो । मुलुक जटिल अवस्थामा छ । हामी कतियप कुरामा पार्टी भन्दा माथी उठेर टाउँको ठड्याउने कोशिस गर्नुपर्छ ।

    मुलुक र जनताको हितको लागि जाग्नुपर्छ । सनातन हिन्दु राष्ट्रका लागि हामी पार्टी लामो समयदेखि लड्दै आएकैं हौं ।

    नेपाली कांग्रेसका आदरणिय नेता खुमबहादुर खड्काले सनातन हिन्दु राष्ट्रका बारेमा एक प्रस्तावै पेश गर्नु भयो ।त्यसका बारेमा पनि छलफल जारी छ । रोकीएको छैन् । “राष्ट्र, धर्म र संस्कृतिको रक्षाका लागि दृढसङ्कल्पित” हुनुपर्ने उहाँको प्रष्ट धारणा छ ।

    तत्कालिन अवस्थामा आदरणिय नेता स्व आदरणिय नेता खुमबहादुर खड्काले लिनुभएका राष्ट्रियताका मुलभुत विषयहरु हामीले बिर्सन हुँदैन् । त्यो मध्ये एउटा महत्वपुर्ण पाटो हो सनातन हिन्दु राष्ट्र नेपाल । जसको पहिचान नेपालमा मात्र होइन ? विश्व जगतमै छ ।

    पोखरा ,गण्डकी प्रदेशमा अयोजना भएको विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको सातौं राष्ट्रिय महासभा तथा महाधिबेशन सभ्य एवम भब्य बिराट उद्घाटन समाहरोहमा आतित्थ्य ग्रहण गरेर कार्यक्रम सम्बोधन गर्ने क्रममा उहाँले यस्तै बताउनु भएको थियो ।

    “होली वाइन”लाई आवस्यक ठान्ने सरकारले सनातन हिन्दुलाई बैरी स्वभाव देखाउन पाईदैन । हामी ‘ओमकार परिबार’ अन्य धर्म समुदाय भोलीका दिनमा सडकमा आउन बाध्य हुनेछौं ।

    कांग्रेसमा महासमिति बैठकमा आधा भन्दा बढि साथीहरुले नेपाल सनातन हिन्दु राष्ट्र हुनुपर्छ भन्ने आवाज उठाएको अवस्था छ । परो भने हामी सडक पनि तताउन तयार छौं ।

    हो हामी सर्वधर्मलाई सम्मान गर्छ तर आर्थिक चलखेलका आधारमा धर्म परिवर्तन गराइन्छ ।

    एनजीओ, आएनजीओ र बिभिन्न मिसिनरीहरु मार्फत धर्म क्रिश्चियन धर्म परिवतर्न गराउने काम रोकिन्न भने ‘आन्दोलन’ लागि हामी तयार छौं,उहाँले कुराकानीमा क्रममा न्यूज अभियानलाई भन्नुभयो ।

    सनातनका बारेमा अझ वास्तविक भन्ने हो भने “ऋग्वेद” प्रथम थियो । त्यस पछि “यजुर्वेद”, “सामवेद”, “अथर्ववेद” उपनिषद् जस्ता ग्रन्थहरू छन् । यसका बारेमा पश्चिमाहरु चिन्तित छन् । जस्लाई कमजोर पार्ने, मास्ने असफल प्रयासमा उनीहरु जुटेका छन् । लागी परेकाछन् ।

    यो आम नागरिकले बुझ्नु पर्छ । हामी सर्तक हुनु पर्छ । ‘हाम्रो धर्म संस्कृतीको इतिहास गौरवमय’ छ । यो अत्यन्तै ठुलो सप्पती हो । हाम्रो धर्म संस्कृती एक असल ‘जिवन पद्धती’ पनि हो । जसले जिवन जिउने कला पनि सिकाउँछ ।

    हिन्दू धर्म वा सनातन धर्म -धेरै समयदेखि चलिआएको) धर्म जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका बिभिन्न ‘आस्था र विश्वास’का स्रोत हुन्।

    रामायण, महाभारत र पुराणहरूमा ‘सूर्यवंशी र चन्द्रवंशी’ राजाहरूको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उत्पत्तिका विषयमा कुराहरु आएका छन् ।

    आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । त्यसैले केहि एनजीओ,आएनजीओ र बिभिन्न मिसिनरीहरु नियोजीतरुपमा सनातन धर्म माथी धावा बलिरहेका छन् ।

    अब हामी चुप लागेर बस्न हुँदैन् । यो मेरो सम्पुर्ण नेपाली दाजुभाई,दिदिबहिनी र बुबाआमाहरुमा हार्दिक आग्रह पनि छ । अब पनि आर्थिक प्रलोभनमा धर्मान्तर कार्यक्रम रोकिन्न भने आन्दोलनको विकल्प छैन् ।

    (कुराकानीमा आधारित )


     

    प्रतिकृया दिनुहोस