• देश

    आज गणतन्त्र दिवसका अवसरमा साढे चार सय कैदीले जेल छाड्दै

      पत्रपत्रिका


    काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो ।

    गत १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने प्रावधान थियो ।

    सो प्रावधानले जेल भरिएको भन्दै सरकारले गत महिना संहिता संसोधन गरेर आधा कैद भुक्तान गरेपछि छाड्न सकिने प्रावधान राखेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


     

    प्रतिकृया दिनुहोस