• सम–सामयिक

    प्रोस्टेट क्यान्सर किन हुन्छ ? प्रोस्टेट क्यान्सरबाट कसरी बच्न सकिन्छ ?

      ओमकार


    प्रोस्टेट क्यान्सर किन हुन्छ ?
    विशेषतः प्रोस्टेट क्यान्सर वंशाणुगत हुन्छ । यदि बाबुलाई प्रोस्टेट क्यान्सर छ भने छोरामा यस प्रकृतिको क्यान्सर हुने सम्भावना बढी हुन्छ । गलत खानपिनले गर्दा पनि यस प्रकारको क्यान्सर हुन सक्छ । औषधि प्रयोग गरिएका खानेकुरा, रातो मासु तथा चिल्लो पदार्थ बढी खाने, पानी कम खाने, सागपात र हरियो फलफूल कम खाने, सामान्यतया मदिरा, चुरोट, पान, सुर्तीजन्य पदार्थ सेवन गर्ने आदि कारणले प्रोस्टेट क्यान्सर हुन सक्छ ।

    प्रोस्टेट क्यान्सरबाट कसरी बच्न सकिन्छ ?
    प्रोस्टेट क्यान्सरबाट बच्न स्वस्थकर खानेकुरा खानुपर्छ । कम क्यालोरी र बोसो, ताजा हरियो सागपात, सिमी आदि खाने गर्नुपर्छ । त्यस्तै, धूमपान, मदिराजन्य पदार्थको सेवन लगायत क्रियाकलाप गर्नुहुँदैन ।


     

    प्रतिकृया दिनुहोस