• अर्थ

    बजेट भाषण: कर्मचारीको तलबमा भारी मात्रामा वृद्धि, मुख्यसचिवको तलब ६५ हजार

      ओमकार


    काठमाडौँ | आगामी आर्थिक बर्षदेखि लागु हुने गरि कर्मचारीको तलब २० प्रतिशतसम्मले वृद्धि भएको छ |

    सरकारले राजपत्र अनंकित कर्मचारीलाई २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बृद्धि गरेको हो | यस अघि कायम रहेको महंगी भत्ता,पोशाक भत्ता र सवाधिक बिमाको रकम यथावत कायम गरिएको छ  |

    यसबाट निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायत सरकारी सेवामा रहेकाहरु लाभान्वित हुनेछन्।

    हरेक दुई वर्षमा सरकारी कर्मचारीको पारिश्रमिक पुनरावलोकन गर्ने मापदण्ड छ ।


     

    प्रतिकृया दिनुहोस