• देश

    मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन–‘कामचाहिँ गर्नोस्, तर कोरोनाबाट जोगिएर’

      ओमकार टाईम्स

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई कोरोना महामारीबाट जोगिएर काम गर्न निर्देशन दिएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री ओलीले ‘कामचाहिँ गर्नोस्, तर कोरोनाबाट जोगिएर, सतर्क भएर गर्नोस्’ भनेका थिए ।

    गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेको भएपनि आइतबारको क्याबिनेट बैठकमा दुवै उपस्थित थिए । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ । तर, आइतबारको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा भने उपस्थित थिए ।

    पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमण फैलिएसँगै मन्त्रीहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई कोरोनाबाट सतर्क भएर काम गर्न निर्देशन दिएका हुन् ।

    प्रतिकृया दिनुहोस