• फिचर समाचार

    पाँचथर हत्याकाण्ड: एक जनाले मात्र यो घटना घटाउनै सक्दैन्, मानबहादुरलाई देखाएर यो केश ढिसमिस गर्न खोजिदैछ?

      ओमकार


    पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका नौ जनाको हत्यामा ज्वाई भनिएका मानबहादुर माखिमको संलग्नता हुनै नसक्ने भन्दै उनका आफन्त मौषम लिम्बू माखिमले अन्तरवार्ता दिएका छन् ।

    मौषमले भनेका छन्, एक जनाले मात्र यो घटना घटाउनै सक्दैन्, मानबहादुरलाई देखाएर यो केश ढिसमिस गर्न खोजिदैछ । श्रीमान श्रीमतीको घर झगडालाई तेस्रो ब्यक्तिले फाईदा उठायो । उनले सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेका छन् । प्रहरी प्रशासनले भने हत्यामा संलग्न दोषीलाई पत्ता लगाउने गरी आफूहरुले खोजी गरिरहेको बताएको छ । घट्नाको गहन अध्ययन गरी दोषीलाई कारबाही गर्ने प्रहरीले प्रतिवद्धता जनाए पछि आफन्तले शव जिम्मा लिएका थिए ।

    आत्महत्या गरेका मानबहादुरको ससुरा र साढुका परिवार घटनामा परेका छन् । ससुरा बमबहादुर फियाखसहित परिवारका चार र साढु धनराज शेर्माको परिवारका पाँच जनाको विभत्सरुपमा हत्या भएको थियो । जेठ ६ गते राति सुतिरहेका बेला घटना भएकाले र प्रतीकार गर्नसक्ने मान्छेसमेत नहुँदा उनीहरु दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

    मलेसिया गएर फर्किएका मानबहादुरको विवाह मनकुमारी फियाखसँग विसं २०६८ मा भएको थियो । मलेसियामा रहँदा नै पारिवारिक किचलो शुरु भएको बताए पनि के कारण भनेर यकिन नभएको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनले परिवारका अन्य सदस्यलाई पैसा पठाउने गरे पनि श्रीमतीलाई दिने गरेका थिएनन् । पारिवारिक कलहले श्रीमती माइतमा गएर बसेकी थिइन् । श्रीमती घर जान नमानेपछि उनीहरुबीच पारपाचुकेको प्रक्रिया चल्दै थियो । प्रहरी नायब उपरीक्षक कुँवरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको बुझिएको बताए ।


     

    प्रतिकृया दिनुहोस