• फिचर

    किन रोकियो राप्रपाको एकिकरण ???

      ओमकार संवाददाता

    गोपाल पौडेल

     

    गत निर्वाचनमा नमिठो पराजय बेहोरेपछी अन्ततः दुई पार्टी राप्रपा र राप्रपा(संयुक्त) २०७६ फाल्गुन २४ गते पार्टी एक हुने आधारपत्रमा हस्ताक्षर भएको थियो । तीन पार्टी अध्यक्ष रहनेगरि आधार पत्र तयार गरि झण्डै आधा रातमा हस्ताक्षर हुँदा कार्यकर्तामा धेरै ठुलो उत्साहको संचार भएको थियो। भव्य रुपमा एक समारोह बीच गीताको कसम खाएर तीनै अध्यक्षहरुले हिन्दुहरुको धर्म ग्रन्थ गीता हातमा लिएर कसम खादैँ अब उप्रान्त पार्टी फुटाउने छैनौँ र फुटाउन दिने पनि छैनौँ भन्दा कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरुले गडगडाहट ताली पाएका थिए । तालिका साथमा साइसाइ र सुईसुईको ठुलो समर्थन समेत प्राप्त गरेका थिए। पछिल्लो समय नेता, कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुकमा आएको त्यो जोश जागर र उत्साह धेरै लामो सम्म टिक्न सकिरहेको छैन।

     

    नेताहरु एकआपसमा मिल्न सकिरहेका छैनन् । त्यो एकतालाई भावनात्मक एकताको रुपमा अगाडि लैजानको निमित्त के कुराले बाधा अड्चन परेको छ त्यो बुझिनसक्नुको पहेली बनिरहेको छ। एकिकरणलाई निश्कर्षमा पुर्याउनुको सट्टा एकआपसमा आरोप प्रत्यारोपको अनन्त श्रीङ्खला स्पष्ट रुपमा देख्न सकिन्छ । गीता छोएर कसम मात्र नखाएको भए अस्ति नै आ-आफ्नो बाटो लागि सक्ने थिए भन्दा अतिशयोक्ती नहुने परिस्थिति घाम जत्तिकै छर्लङ्ग देखिन्छ।

     

    १२/१५ वर्ष संघर्ष गरेर सबैले छोडेको र फालेको संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रलाई एजेन्डाको रुपमा स्थापित गराउन सफल भएको र हामीले यो एजेन्डा बोक्दा कहिले मारिने हो र कहा लखेटिने हो भन्ने अवस्थामा ज्यानको प्रवाह नगरी ठुलो संघर्ष र बलिदानबाट स्थापित गरिएको मूल मर्मलाई छोडेर अगाडि बढ्नु भनेको आम कार्यकर्ता र नेपाली जनतालाई धोका दिनु हो भन्नुहुन्छ कमल थापा । उहाँको भनाई छ- बरु चुनाव चिन्हमा साथीभाईहरुसँग सल्लाह गरेर लचकता अपनाउन सकिएला तर पार्टीको मुल नीति सिद्धान्तै छोडेर अगाडि जानु भनेको सरासर धोका हो र यसरी अगाडि बढ्नु गलत हुन्छ।

     

    कमल थापा निकट एक नेता भन्छन, हिजो पटक पटक सत्तामा गयो, धर्म बेच्यो भनेर आरोप लगाउनेहरु अहिले पनि जीवितै छन र कमल थापाले कहाँ गल्ती गर्छ र फेरि सतोसराप गरौँ भनेर बसेका छन् र फेरि नीति सिद्धान्त र चुनाव चिन्हमा सम्झौता गर्यो भने तिनैले भन्नेछन- कमल थापाले गाई बेच्यो नीति सिद्धान्त बेच्यो भनेर । त्यसैले उनी भन्छन् – अहिले धर्म सड्ढटको अबस्था छ, जे गर्दा पनि आगामि यात्रा कठिन हुनेछ।

     

    हामी नीति सिद्धान्तमा अडिग छौँ। संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रमा हाम्रो कुनै दुविधा छैन । सिद्धान्त प्रती हाम्रो अबिचलित प्रतिबद्धता रहनेछ,बरु हामी समाप्त हुन तयार छौ, सिद्धान्त र बिचारलाई परित्याग गर्न नसक्ने दृढता थापाको छ । एकिकरणको विधि र प्रकृया मिलाएर अगाडि बढौँ हामी राप्रपा प्रवेश गर्ने होइन दुई पार्टी एकिकरण हो,सम्मानजनक एकिकरणको प्रकृयाबाट कसैको मान प्रतिष्ठा र स्वाभिमानमा ठेस नपुग्ने गरी एकिकरणको प्रकृयामा जाउ भन्नुहुन्छ डा. प्रकाशचन्द्र लोहनी । एकता नै बल हो एकताको बिकल्प छैन । विधि सम्मत एकता गरौँ । डा लोहनिको भनाई छ। उहाँ भन्नू हुन्छ विधि सम्मत रुपा निर्वाचन आयोग जाऔ ।

     

    पशुपति शम्शेर राणा पनि जसरी पनि एकता प्रकृया टुङ्गोमा पुर्याउँ भन्नुहुन्छ । जिन्दगीको उत्तरार्धमा मेरा धेरै ठुलो ईच्छा आकांक्षा छैनन् । यो पार्टीलाई एक गराएर सम्पूर्ण कार्यकर्ताको राजनैतिक भविष्य सूनिश्चित गराउने र वेथेतिमा चलेको देशलाई थितिमा ल्याउने हो भन्नुहुन्छ राणा ।

     

    एकथरी झिनो रुपमा भने पनि नेता कार्यकर्ताहरु कुनै हालतमा पार्टी मिल्नुहुन्न भनेर पनि हिडिरहेको अबस्था छ । पार्टी नमिलाउन दबाब दिइरहनु भएको छ । हिजो तीन वटा पार्टी मिल्दा ठुल्ठुला पदहरुमा बसेकाहरु अब पार्टी एक भएपछी हिजोको हैसियत होला कि नहोला भनेर चिन्तित रहेका छन् । जिन्दगीमा कुनै तहको निर्वाचनमा भाग नलिनेहरु चुनाव चिन्हमा बढी बहस गरीरहेका छन् । चुनाब लड्न नपर्ने ,पार्टी संगठन र निर्माणमा कुनै भुमिका खेल्नुनपर्ने तर चुनाव चिन्हको बिषयलाई चाहिँ प्रतिष्ठाको बिषय बनाउन खोज्ने तुकबिहिन तर्क पनि यदाकदा उठिरहेका छन् ।कोही ठुला नेताले कहाँ गल्ती गर्छन र च्याप्प घाटीमा समाउला भनेर ढुकेर बसेको पाइन्छ ।

     

     

    केही ब्यक्ति कुन्ठा र पुर्बाग्रहको फोहरी आहालमा चुर्लुम्म डुब्न घिनाउदैनन। एकोहोरो ब्यक्तिको निन्दामा रमाईरहेको पाईन्छ, जसले कुनै अर्थ राख्दैन। अहिलेको वास्तविक आबस्यकता के हो? मुकुकले ,कार्यकर्ताले,शुभचिन्तकले के अपेक्षा गरेका छन् ,त्यसको कुनै समिक्षा र विश्लेषण नगरी एकोहोरो डम्फु बजाईले यो कहि नपुग्ने यात्रा बन्न जानेछ । गन्तब्य बिनाको यात्रा टुंगोमा पुग्दैन।

     

    एकता नै बल हो । अब पनि एकता भएन भने नेता कार्यकर्ता मात्रै हैन यो धार नै समाप्त हुन्छ भनी चिन्ता गर्छन् नेता बुद्धिमान तामाङ्ग । व्यक्तिगत स्वार्थ भन्दा माथि उठी एजेन्डामा स्थापित हुने गरी अगाडि बढ्नुपर्ने बताउनुहुन्छ नेता तामाङ्ग । पार्टी जसरी पनि मिल्छ हामी मिलाउछौ कोही नेता कार्यकर्ता र विचलित नहुन आव्हान गर्छन् अर्का नेता दिपक वोहोरा । तर गाठो कहाँ बाधिएको छ थाहा छैन ।

     

    गीता समाएर कसम खाएको सन्दर्भ एउटा रमाइलो प्रसंग उल्लेख गर्दछु ।

     

     

    झापामा एकजना सामाजिक व्यक्तित्वले अत्यधिक मादकपदार्थ सेवन गर्न थालेछन् त्यसपछि नजिकको साथीभाइले इलाममा रहेको सानो पाथिभरा मन्दिरमा लिएर गएछन् । मन्दिरमा छुवाएर कसम खान लाएछन । र ती व्यक्तिले पनि अवदेखि जाड रक्सि खान्न हे पाथिभरा देवि भनेर कसम खाएर फर्किएछन । दिन बित्दै गयो हप्ता महिना हुँदै छ महिना बितेछ । त्यस बिचमा ती व्यक्तिलाई मादक पदार्थ खान अधिक ईच्छा भएछ ।

     

    बेकारमा मन्दिरमा गएर कसम खाइएछ भनेर ठुलो पछुतो भएछ । त्यसपछि आफ्ना निकटकाहरुसँग सल्लाह गरेछन र फेरी सोहि सानो पाथिभरा मन्दिरमा गएछन र मैले नखाइ सकिन माथि गर्देउ माता भनेर फेरी रक्सी खान थालेछन त्यस्तै हाम्रा नेताहरुले पनि त्यसै गरी राष्ट्रिय सभागृहमा गएर मान्छे बोलाएर गीता समाएर गल्ती भएछ भन्दै आआफ्नो बाटो लाग्नुपर्यो या आआफ्नो हठ छोडेर त्यागको राजनीति सुरु गर्नुपर्यो । यसैमा सबैको भलो छ । इतिहासले कहिल्यै क्षमा नगर्ने बाटो प्रत्युत्पादक हुनेछ ।

     

    लेखक पौडेल मिडिया नेपालका केन्द्रिय अध्यक्ष हुन ।

    प्रतिकृया दिनुहोस