• फिचर

    पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ बायाँ गर्न खोजेमा कोही पनि टिक्ने छैनन्- प्रचण्ड

      ओमकार


    काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीचको एकता पश्चात बनेको नयाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १५ महिनापछि आफू प्रधानमन्त्री बन्ने बताएका छन् । उनले पार्टी एकताका क्रममा भएको सम्झौता समयानुसार अब प्रधानमन्त्री आफु बन्ने बताएका हुन् ।

    Everest GIF - Find & Share on GIPHY

    पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको बताए । उनले बिहीबार एक कार्यक्रमको अन्र्तवार्तामा बोल्दै एकताका क्रममा आफु प्रधानमन्त्री हुने सहमति भएको र सहमति केपी शर्मा ओलीले पालना गर्ने विश्वास भएको बताएका छन् ।

    ‘‘पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ बायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि टिक्ने छैनन्, मैले गरे म टिक्दैन अरूले गरे अरू टिक्दैनन् ।’’ प्रचण्डले भने । उनले ओली आफूलाई सत्ता हस्तान्तरण गर्नेमा ढुक्क रहेको बताएका छन् । तर प्रचण्डले देशमा सुशान, शान्ति एवं विकासले गति लियाे भने या जनता र देश प्रधानमन्त्रीसँग ढुक्क रहन सक्याे भने पार्टी भित्रै सहमति गरेर ५ वर्षनै केपी शर्मा अाेली नै प्रधानमन्त्री बन्न सक्नेसमेत बताएका छन् । “देशमा विकास भइरह्याे भने प्रधानमन्त्री फेरिरहनु पर्छ भन्ने छैन्” उनले भने ।


     

    प्रतिकृया दिनुहोस