• राशिफल

    पाथीभरा माताको दर्शन स्वरुप आज जेष्ठ १८ गते शनिबारको आफ्नो भाग्यफल पढ्नुहोस

      ओमकार


    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यवसायमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाइकै पक्षमा हुनेछन् । पढाई लेखाई तथा प्रतिस्पर्धीमा तपाइकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय फलदायि रहनेछ ।


    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।


    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पछिसम्म फाइदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । शिक्षा तथा शिक्षा पेसा सँग सम्बन्धित कामहरूबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथी सँग थप आत्मीय भाव बढ्नेछ ।


    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाकाम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।


    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दी आउनेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायि रहनेछ ।


    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा ब्याबधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।


    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ ।


    वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) आफन्त तथा मामा माइजूबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने हुँदा अगाडि बढ्न सहज हुनेछ । विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाइसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ ।


    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा ब्याबधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हँुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ ।


    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढिनै मेहनत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।


    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग तथा उत्पादन मूलक व्यवसायमा लागानि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको उपलब्धि मूलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । नाफामूलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ ।


    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा काम गर्न सकिने भए पनि नतिजाको लागि केही समय कुर्नु नै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनावश्यक विषयमा विवाद हुने तथा टाढिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । होटेल तथा रेस्टुरेन्टको व्यवसायबाट भनेजस्तो आम्दानी भए पनि अन्य व्यवसायमा मन्दी आउनेछ ।


     

    प्रतिकृया दिनुहोस