• देश

    बाघको आक्रमणमा परि चितवनमा ड्युटीमा रहेका नेपाली सेनाका सैनिक गम्भीर घाइते

      ओमकार


    चितवन । चितवनमा ड्युटीमा रहेका नेपाली सेनाका सैनिकमाथि बाघले आक्रमण गरेको छ । कसरा ब्यारेक पेरिमिटरमा गस्ती गरिरहेका सैनिक आक्रमणबाट गम्भिर घाइते भएका हुन् ।

    घाइते हुनेमा ताप्लेजुङ थुम्लिङ २ का ३४ वर्षीय राज विक रहेको प्रहरीले जानकारी दिएको छ । उनको बायाँ कान नभएको र घाँटीमा भित्री चोट देखिएको जनाइएको छ । शुक्रबार अपराह्‍न ड्युटीमै रहेको समयमा उनीमाथि बाघले आक्रमण गरेको हो ।

    भरतपुरस्थित अस्पतालमा तत्काल उपचारका लागि लगिए पनि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं छाउनी अस्पतालमा रेफर गरिएको छ।


     

    प्रतिकृया दिनुहोस