• फिचर समाचार

    बिर्तामोडका डिएसपी फेरिएसँगै होटलमा छापा , यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ८ जना पक्राउ

      ओमकार


    झापा। यौन व्यवसाय सञ्चालन गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडको नयाँ बसपार्कमा सञ्चालित एक होटलका सञ्चालकसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।
    बिर्तामोडमा डिएसपी फेरिएसँगै होटलमा छापा मार्ने क्रम शुरु भएको छ । डिएसपी मोहन थापाले बसपार्कका होटलमा निगरानी बढाएको बताएका छन् । उनले बसपार्कको न्युलाइट होटलबाट सञ्चालक रतन तामाङसहित ६ जना युवा र २ युवतीलाई नियन्त्रणमा लिएको बताए । उनीहरुमाथि सार्वजनिक अपराधमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।


     

    प्रतिकृया दिनुहोस