• सम–सामयिक

    मङ्गलबारदेखि बर्दियामा जोरबिजोर प्रणाली

      ओमकार टाईम्स


    बर्दिया : कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

    जोर बिजोर प्रणालीसँगै जिल्लाका सबै पसल शनिबार पूर्णरूपमा बन्द गर्ने र अन्य दिनमा बिहानको १० बजेदेखि बेलुका ५ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    यस्तै सेवा प्रवाह गर्ने सरकारी तथा गैरसरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरूले गर्ने कार्यक्रममा रोक लगाइएकोे तथा समूह गठन गर्न र पाँचभन्दा बढी व्यक्ति भेला नहुन सूचनामार्फत आग्रह गरिएको प्रजिअ अधिकारीले बताए । बर्दियामा आइतबार ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

    प्रतिकृया दिनुहोस