• फिचर

    पूर्व युवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गर्दै

      ओमकार टाईम्स


    काठमाडौं । पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको आज ४५ औं शुभ जन्मदिन भब्य रूपमा मनाइदैछ । उनको जन्म १ अक्टोबर १९७६मा भएको हो । हरेक वर्ष असोज १५ मा उनको जन्मदिन मनाइन्छ ।

    उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् । उनले २५ जनवरी २००० मा पुर्व युवराज पारस शाहसँग विवाह गरेकी थिइन् । उनीहरुका एक छोरा हृदयेन्द्र शाह, र दुई छोरी पूर्णिका शाह र कृतिका शाह छन् ।

    हिमानीको ४५ औ शुभ जन्मोत्सवका अवसरमा राजधानी काठमाडौ स्थित विभिन्न मठमन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको बताइएकाे छ । जसका लागि पूजाको मुख्य ब्यवस्थापक राधेश्याम थापा र इन्दिरा अर्याल, केशरी श्रेष्ठ तथा उर्मिला भण्डारीको सौजन्यमा विभिन्न मन्दिरमा पूजाआजा र अनुष्ठानहरू गरिने जनाईएको छ ।

    कोरोना भाइरस (कोभिड–१९ )का कारण मन्दिरहरू बन्द भएकाले बाहिरबाटै पूजा–अर्चना गर्न लागिएको र खुलेका मन्दिरहरूमा भने भित्रै गएर पूजा गरिने दरबार निकट स्रोतले जनाएको छ ।

    राजा र राजसंस्थाका अनन्य भक्त राधेश्याम थापाका अनुसार कमलादी गणेशथान, वसन्तपुर कुमारी घर र पशुपतिनाथलगायतका मन्दिरमा पूजाआजापछि फूल–प्रसाद निर्मल निवास पुऱ्याउने कार्यक्रम छ ।

    हिमानी ट्रष्टकी अध्यक्षसमेत रहेकी पूर्व युवराज्ञी ट्रष्टमार्फत समाज सेवामा संलग्न छिन् । उनको जन्मोत्सवका अबसरमा सामाजिक संजालमा सुस्वास्थ्य र दिर्घायुको कामना गर्नेको बाक्लो सङ्ख्या छ ।

    प्रतिकृया दिनुहोस