• पत्र-पत्रिका

    शिक्षिकाको कुटाइबाट चौध विद्यार्थी घाइते

      पत्रपत्रिका


    दाङ । रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् ।

    दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ ।

     

    घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ ।

     

    उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संकलगन चिकित्सक डा. घनश्याम शर्माले जानकारी दिनुभयो । घाइतेहरुको अनुहार पनिसुन्निएको छ । जोर्नीमा दबाब देखिएकाले सुधार आउन केही दिन लाग्ने डा. शर्माले बताउनुभयो । याे खबर आजकाे नेपाल समाचारपत्रमा छ ।


     

    प्रतिकृया दिनुहोस