• पत्र-पत्रिका

    एउटै सडक आयोजनाका लागि पाँच थरी बजेट , कालोपत्रेका लागि मात्र १ अर्ब ५८ करोड

      पत्रपत्रिका



    रसुवा । सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा एउटै योजनामा पाँचथरि बजेट पारेको छ। उत्तर दक्षिण सीमा जोड्ने सबैभन्दा छोटो दूरीको रसुवागढी गल्छी ठोरी मार्ग निम लागि पाँचथरि बजेट परेको हो।

    ठोरी रसुवागढी सडक निर्माण, बेत्रावती–स्याफ्रुबेंसी खण्डमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन, गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ सडक दुई लेनमा स्तरोन्ति गर्ने, पुल निर्माण गर्ने र मैलुङ–स्याफ्रुबेंसी सडक कालोपत्रे गर्ने शीर्षकमा योजना राखिएको छ।

    उल्लिखित शीर्षकहरू बजेटमा सडक पूर्वाधारअन्तर्गत १७५ र १७९ बुँदामा उल्लेख गरिएको छ। अन्य शीर्षकमा रकम नतोकिएको भए पनि कालोपत्रेका लागि भने एक अर्ब ५८ करोड बजेट विनियोजन गरिएको छ। एउटै शीर्षकमा बजेट आउँदा कार्यान्वयनमा समस्या आउने भएकाले फरक–फरक शीर्षकमा बजेट आए हुनसक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। याे खबर आजकाे नागरिक दैनिकमा छ।


     

    प्रतिकृया दिनुहोस