• फिचर समाचार

    सोलुखुम्बु घटनामा सेना परिचालन भन्ने हल्लामा सत्यता छैन- नेपाली सेना

      ओमकार


    काठमाडौ । विप्लव समूहका कार्यकर्ताबाट सोलुखुम्बुको एक प्रहरी चौकी कब्जाको प्रयासपछि प्रहरी र सेनाको टोली खटिएको भन्ने समाचारप्रति नेपाली सेनाले अस्वीकार गरेको छ ।
    नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सोलुखुम्बु घटनापछि नेपाली सेनाको टोली परिचालन नभएको प्रष्ट पारेका हुन् ।
    गए राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास असफल भएको थियो ।
    घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएका समाचारहरु सार्वजनिक भएका थिए ।

    प्रतिकृया दिनुहोस