• देश

    एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

      ओमकार टाईम्स

    काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेकाे छ । गएको २४ घण्टामा चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लाे २४ घण्टामा १८ हजार चार सय ७३ जनाकाे नमुना परीक्षण गर्दा चार हजार तीन सय ६४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार ६ सय ७५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७१ हजार तीन सय ४३ पुगेको छ ।

    बिहीबार काेराेना पुष्टि भएकाकाे याे सङ्ख्या एकैदिन सङ्क्रमण पुष्टि भएका सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हाे । यसअघि बुधबार १४ हजार दुई सय नाै जनाकाे पीसीआर परीक्षण गरेकाेमा ३४ सय ३९ जनामा काेराेना पुष्टि भएकाे थियाे ।

    अब नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ६० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

    यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस