• खेलकुद

    आईपीएल : चेन्नई र हैदराबाद भिड्दै

      ओमकार टाईम्स

    काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ।

    युएईमा जारी १३ औं संस्करणको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा डेभिड वार्नरको कप्तानीमा हैदराबाद र महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई मैदान उत्रिने छ।

    हैदराबाद ७ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ भने चेन्नई ७ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस