• समाचार

    दिल्ली शीर्ष स्थानमा, राजस्थान १३ रनले पराजित

      एजेन्सी


    आईपीएल/दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

    गएराति दुबईमा भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

    राजस्थानका लागि बेन स्टोक्सले ४१, रोबिन उथप्पाले ३२, सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे ।

    दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २–२ विकेट लिए लिए भने कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट हात पारे ।
    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस अय्यरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ र अय्यरले ५३ रन बनाए ।

    यसैगरी मार्कुस स्टोनिसले १८, एलेक्स केरीले १४ रन बनाए भने पृथ्वी शा शून्य रनमा आउट हुँदा अजिन्क्या रहानेले २ रन बनाए । तेस्रो पटक आईपीएल खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने लगातार आठौं खेलमा पनि बेन्चमै सीमित भएका छन् । राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिए भने जयदेव उनाकडले २, श्रेयस गोपाल र कार्तिक त्यागीले १–१ विकेट लिए ।

    जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलबाट १२ अंक जोडेको छ भने पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानको ८ खेलमा ६ अंक छ ।

    प्रतिकृया दिनुहोस