• समाचार

    कोरोनाले पूर्वराजाको दशैँ कार्यक्रम प्रभावित, यसवर्ष यसरी मनाउँदैछन् दशैँ

      ओमकार टाईम्स

    पूर्वराजा ज्ञानेन्द्र शाहको यसवर्षको दशैँका कार्यक्रम प्रभावित भएका छन् । विदेश वर्षहरुमा निर्मल निवासमा टीका प्रदान गर्नुका साथै दशैँभर विभिन्न शक्तिपिठको भ्रमण हुने गरेकोमा यसवर्ष सबै कार्यक्रम रद्ध गरिएको उनको सचिवालयले जनाएको छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शनिबार एक विज्ञप्तिमार्फत कोरोनाको असहजताका स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निर्णय लिएको बताएका छन् ।

    साथै शाहले महाअष्ठमीका दिन विभिन्न शक्ति पीठहरुको दर्शन गर्ने र विजया दशमीका दिनमा टीका प्रदान गर्ने कार्यक्रम नहुने तय भएको पाठकले जानकारी दिए ।

     

    प्रतिकृया दिनुहोस