• खेलकुद

    आईपीएलमा आज दिल्लीसँग पञ्जाव भिड्दै

      ओमकार टाईम्स


    जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

    नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र पन्जाबबीचको खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे सुरु हुनेछ ।

    दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ ।

    पञ्जाब भने दिल्लीलाई हराएर चौंथो जित हात पार्ने दाउमा छ । पन्जाब ९ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

    प्ले अफको सम्भावना जीवितै राख्न पन्जाबलाई जित्नै पर्ने दबाब छ । यस्तै पन्जाब दिल्लीविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

    प्रतिकृया दिनुहोस