• अर्थ

    सुनको भाउ बढ्यो, सुन किन्ने सोचमा हुनुहुन्छ भने हेर्नुस आजको रेट?

      ओमकार


    काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

    अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा वृद्धि हुँदा नेपालमा पनि त्यसको असर परेको व्यवसायीहरुको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार फाइन गुणस्तरको सुनमा प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई ६२ हजार ३ सय रुपैयाँमा खरिद विक्री भएको छ ।

    तेजावी सुन पनि प्रति तोला ३ सय रुपैयाँले बढेर ६२ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदी भने बुधबारको तुलनामा ५ रुपैयाँले बढेर ७ सय १५ रुपैयाँ प्रति तोला कारोबार भएको छ ।


     

    प्रतिकृया दिनुहोस