• समाचार

    फेरी आज एकैदिन थपिए ४,४९९ नयाँ कोरोना संक्रमित

      ओमकार टाइम्स


    पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा छन् । २९० जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६६८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६८.९ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १०५४८८ रहेको छ ।

    काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस