• राजनीति

    जसपाले तोक्यो लेवी : संघीय सांसदले मासिक १५ हजार पार्टीलाई तिर्नुपर्ने, अन्यले कति ?

      ओमकार टाईम्स


    काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीमा आवद्ध सम्पूर्ण सक्रिय कार्यकर्ता देखि पार्टीले सिफारिस गरेर कुनैपनि पदमा बसेका व्यक्ति सम्मको लागि लेवी निर्धारण गरेको छ । जसपा नेपालको कार्यकारिणी समितिको बैठकको पार्टीमा अबद्ध सबैका लागि लेवी निर्धारण गरेको हो ।

    जसअनुसार संघीय सांसदहरुका लागि मासिक १५ हजार रुपैयाँ लेवी तोकिएको छ । त्यस्तै जसपा नेपालका केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार रुपैयाँ, राजनीतिक समितिका सदस्यहरुले ७००, केन्द्रीय समितिका सदस्यले ५००, संघीय परिषद्का सदस्यले ३००, राष्ट्रिय समितिका सदस्यले २५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

    त्यस्तैगरी प्रदेश र स्थानीय तहका विभिन्न पद ग्रहण गरिहेको व्यक्तिहरुकालागि पनि पार्टीले लवी तोकेको छ । प्रदेश तहामा निर्वाचित जनप्रतिनिधिले पार्टी सदस्यता वितरण गर्दा आउने शुल्कको ३० प्रतिशत प्रतिशत प्रदेश समिति र ३० प्रतिशत केन्द्रीय समितिमा बुझाउनु पर्नेछ ।

    त्यस्तै स्थानीय तहमा निर्वाचित प्रतिनिधिले पार्टी सदस्यता वितरण गर्दा आउने शुल्कको ४० प्रतिशत केन्द्रीय समितिमा बुझाउनु पर्ने पार्टीले निर्णय गरेको छ । एकभन्दा बढी पदमा भएपनि एकतर्फबाट मात्रै लेवी तिर्नुपर्ने पार्टीको निर्णय छ ।

    तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच गत वैशाखमा एकीकरण भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो । उसले गत असारमै निर्वाचन आयोगबाट मान्यता पाइसकेको छ ।

    सो पार्टीको कार्यकारिणी समिति ५३ सदस्यीय रहेको छ, जसमा दुई सीट खाली राखेको छ । केन्द्रीय कार्यसमिति ८०१ सदस्यीय रहेको छ भने संघीय परिषद् ११०१ र राजनीतिक समिति १५१ सदस्यीय रहने विधानमा उल्लेख छ । राजपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ गरी जम्मा ३७ संघीय सांसद रहेका छन् । एक जनाले एक ठाउँमा मात्र लेवी तिर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस