• मनोरञ्जन

    नेपाली फिल्मले जित्यो अफ्रिकामा २ अवार्ड

      ओमकार टाईम्स

    काठमाडाैं– नेपाली सर्ट फिल्म ‘आइसक्रिम’ ले अफ्रिकामा २ अवार्ड जितेकाे छ। संगीता श्रेष्ठको उक्त फिल्मले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई अवार्ड जितेकाे हाे।

    शनिबार राति घोषणा भएको अवार्ड समारोहमा फिल्मले उत्कृष्ट अभिनेत्री र सम्पादन गरी दुई विधामा अवार्ड हात पारेकाे हाे। नोभेम्बर तीनदेखि सुरु भएको फेस्टिभलको पहिलो दिन नै फिल्म स्क्रिनिङ भएको थियो।

    अवार्ड पाएकाे आफू निकै उत्साहित भएकाे निर्देशक संगीता श्रेष्ठले बताएकी छिन्। फिल्मले अवार्ड जित्ला भन्ने आशा नै नभएकाे बताउँदै उनले अवार्ड पाएपछि एकदम खसशी भएकाे बताइन्। फिल्ममा बाल यौन हिंसाको विषय उठाइएकाे छ। योगिशा खत्रीको मुख्य भूमिका रहेको फिल्म ९ मिनेट लामो छ।

    प्रतिकृया दिनुहोस