• खेलकुद

    विश्वकप क्रिकेट: इंग्ल्याण्डद्वारा बंगलादेश सामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत

      ओमकार


    काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई ३८७ रनको विशाल लक्ष्य दिएको छ । बंगलादेशले केहीबेरमा जवाफ व्यटिङ गर्नेछ ।

    कार्डिफमा पहिले ब्याटिङ थालेको इंग्ल्याण्डले जेसन रोयको १५३ रनको मदतमा ६ विकेट गुमाएर ३८६ रन बनायो ।

    उसको सुरुवात राम्रो रह्यो । जेसन रोय र जोनीले पहिलो विकेटका लागि १२८ रनको महत्वपूर्ण साझेदारी गरे ।

    जोनी ५१ रनमा आउट भए भने रोयले १५३ रन बनाए । जोए रुटले मात्र २१ रन बनाए । जोश बट्लरले ६४, इयान मोर्गानले ३५ रनको पारी खेले ।


     

    प्रतिकृया दिनुहोस