• राजनीति

    नेतृत्वको सोच फराकिलो हुनुपर्छ : नेकपा अनुशासन आयोग

      ओमकार टाईम्स


    काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय अनुशासन आयोगले पार्टीको निर्णय कार्यान्वयन र एकताका बाँकी काम तत्काल पूरा गर्न नेतृत्वसँग अनुरोध गरेको छ ।

    आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति निकालेर तत्कालै पार्टीको बैठक राखेर आन्तरिक समस्या समाधान गर्न आग्रह गर्नुभएको हो । नेतृत्वबाट दिनहुँजसो गालीगलौज, आरोप प्रत्यारोप तथा पार्टी विभाजन जस्ता अप्रिय कुराहरु सार्वजनिक भइरहेको भन्दै बोहराले यो निकै चिन्ताको विषय रहेको बताउनुभएको छ ।

    पार्टीका निर्णयहरू दराजमा थन्क्याउन नभइ आवश्यकताका आधारमा गरिने भएकोले सबै निर्णयहरु कार्यान्वयन हुनुपर्ने र पार्टी एकताका बाँकी काम पूरा गर्नुपर्नेमा नेतृत्वले त्यसलाई बेवास्ता गरेको भन्दै विज्ञप्तिमा पार्टी नेतृत्वको सोच साँघुरो रहेको बताइएको छ ।

    अहिले नेतृत्व आत्मकेन्द्रित हुँदा पार्टी नै समस्यामा परेको भन्दै अध्यक्ष बोहराले उत्तेजना र गालीगलौजले समस्या समाधान नहुने बताउनुभएको छ ।

     

    प्रतिकृया दिनुहोस