• स्वास्थ

    कोरोना भाइरसको संक्रमणबाट बच्न के गर्ने, के नगर्ने ?

      ओमकार टाईम्स

    काठमाडाैं- संसारका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण देखा परेसँगै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको छ ।

    कोरोना संक्रमण फैलन नदिनका लागि हामीले हाम्रो बानीमा निकै सचेत हुनुपर्ने देखिन्छ । कोरोनाको संक्रमण फैलिन नदिनका लागि के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा यहाँ उल्लेख गरिन्छ :

    के गर्ने ?

    आफ्नो व्यक्तिगत स्वच्छतामा ध्यान दिनुस् ।

    साबुनले लगातार हात धुनुस् ।

    हाच्छ्युँ गर्दा र खोक्दा मुख अवश्य छोप्नुस् ।

    हात फोहर देखिएमा साबुन र पानीले अवश्य धुनुस् ।

    हात फोहर नभएपनि हातलाई ह्यान्डवाशले अवश्य धुनुस् ।

    प्रयोग गरेपछि टिस्युलाई तुरुन्तै बन्द भाँडोमा फ्याँक्नुस् ।

    अस्वस्थ भएमा विशेषगरी रुघाखोकी र ज्वरो आएमा चिकित्सकलाई तत्कालै भेट्नुस् ।

    मानिसहरूसँग दूरी बनाउनुस् ।

    आँखा, नाक र मुख नछुनुस् ।

    के नगर्ने ?

    खोकी वा ज्वरो छ भने कसैसँग पनि सम्पर्क नगर्नुस् ।

    सार्वजनिक स्थानमा नथुक्नुस् ।

    काँचो र आधा पाकेको मासु नखानुस् । जीवित पशुको नजिक नजानुस् ।

    खेततिर नजानुस्, पशु बिक्री हुने ठाउँ र वधशालातिर नजानुस् ।

    प्रतिकृया दिनुहोस