• खेलकुद

    नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल आज

      ओमकार टाईम्स

    काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अनुसार नेपाल र बंगलादेशबीचको पहिलो खेल आज हुँदैछ ।

    खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ मा शुरु हुनेछ ।

    कोरोना महामारीका कारण लामो समयदेखि फुटबल खेल्न नपाएका दुवै टोली मैत्रीपूर्ण खेललाई लिएर उत्साहित छन् । बिहीबार ढाकामा भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्ष र कप्तानले सकारात्मक नतिजाका लागि खेल्ने बताएका थिए ।

    फिफा विश्वकप छनोटका बाँकी खेलहरुलाई मध्यनजर गर्दै यस मैत्रीपूर्ण खेल हुन लागेको हो । बंगलादेश फुटबल फेडेरेसनलमा निमन्त्रणामा नेपाल दुई मैत्रीपूर्ण खेल खेल्न एक साताअघि बंगलादेश पुगेको थियो ।

    २०७६ चैत यता नेपालले कुनै प्रतियोगिता खेलेको छैन । विश्वभर फैलिएको कोरोना महामारीले फुटबल लगायत सबै खेल गतिविधि प्रभावित बनेको छ । यस्तोमा बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलले नेपाली खेलकुदलाई नै सकरात्मक उर्जा प्रदान गर्नेछ ।

    कोरोना संक्रमण र चोटका कारण ८ सिनियर खेलाडी टिममा छैनन् । यस्तै ८ नयाँ अनुहार टिममा छन । त्यसैले नयाँ खेलाडीले डेब्यु गर्ने सम्भावना रहेको छ ।

    अहिलेसम्म नेपाल र बंगलादेश कूल १९ पटक प्रतिस्पर्धा गर्दा १२ पटक बंगलादेश विजयी भएको थियो भने नेपालले ६ खेल मात्र जितेको छ । १ खेल बराबरीमा सकिएको थियो ।

    पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको थियो ।

    प्रतिकृया दिनुहोस