• मुख्य

    सरकारी जागिर मोह: एकै दिन १५ हजारको आवेदन

      पत्रपत्रिका


    काठमाडौं । लोक सेवा आयोगले विज्ञापन आह्वान गरेको ११औं दिनमा एकै दिनमै झण्डै १५ हजारले आवेदन दर्ता गराएका छन्।

    शनिबारसम्ममा कुल ६५ हजारबढीकाे हाराहारीमा आवेदन परेको आयोगको तथ्यांक छ। शुक्रबारको तथ्यांकअनुसार झण्ड ५० हजारको संख्यामा अनलाइन आवेदन परेको थियो। शनिबार आवेदकको संख्या एकै दिनमा १५ हजारले थपिएको हाे।

    लोक सेवा आयोगको शनिबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १६ हजार ४ सय ९, प्रदेश २ मा १० हजार ४ सय ५१ र प्रदेश ३ मा ८ हजार ७ सय ९५ आवेदन परेको छ। यसैगरी, प्रदेश ४ मा ५ हजार ७ सय ७४, प्रदेश ५ मा १० हजार १ सय १९, प्रदेश ६ मा ३ हजार ८ सय ३५ र प्रदेश ७ मा ७ हजार ४ सय ८५ जना गरी कुल ६२ हजार ८ सय ६८ जनाको आवेदन परेको लोकसेवा आयोगले जनाएको छ।

    आवेदकहरूले राजनीतिक दल तथा सभासदहरूले चर्को मात्र बोल्ने तर व्यवहारमा काम नगर्ने एवं आवश्यकताअनुसार आफैँले निर्णय गरेको संविधानलाई समेत गलत व्याख्या गर्ने गर्दा कैयौँको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको बताएका छन्। याे खबर आजकाे राजधानी दैनिकमा छ।


     

    प्रतिकृया दिनुहोस
    अरुपनि