• विदेश

    हङकङमा भीषण आगलागी , ७ नेपालीको मृत्यु

      ओमकार टाईम्स

    एजेन्सी । हङकङमा भीषण आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएका् छ । मृत्यु हुनेमा ४ जना पुरुष र तीनजना महिला रहेको र तीमध्ये एक बालिका रहेको हङकङ प्रहरीले जनाएको छ । तर, उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।

    हङकङस्थित क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा आगलागी भएको बताइएको छ । प्राप्त जानकारी अनुसार साउथ चाइना मर्निङ पोष्टले जन्मदिनको पार्टी मनाइरहेको बेला आगलागी भएको हो ।

    उक्त आगलागीमा १८ जना घाइते भएको र उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोसमेत बताइएको छ । त्यस अपार्टमेन्टमा नेपाली रेष्टुराँ सञ्चालनमा रहेको, तर दर्ता भने नगरी चलाइएको प्रहरीको भनाइ छ । यस घटनाबारे हङकङ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस