• देश

    काठमाडौंको एकघरमा आगलागी हुदा एकजनाको मृत्यु

      ओमकार टाईम्स


    काठमाडौं । काठमाडौं कपनकाे एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बालुवाखानी चोकस्थित एक घरमा आगलागी हुँदा एकको मृत्यु भएको हो । सोही घटनामा अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार स्थानीय नारायणबहादुर बस्नेतको घरमा भाडामा बस्ने नुवाकोटका ३९ वर्षीय कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा जलेर मृत्यु भएको हाे । चारतले घरको पहिलो तलामा भाडामा बसेका नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–५ निवासी कृष्णबहादुर तामाङको जलेर मृत्यु भएको हो ।

    प्रहरीका अनुसार तिहारको टीका लगाउन नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका छन् ।

    प्रतिकृया दिनुहोस